पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट
पोखरा । पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुप द्वारा काठमाडाैँको न्युरोडमा सञ्चालित जोय स्टोर्सको नयाँ शाखाको रूपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरूमा उपभोक्ताहरूको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ ।
जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो । जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।
नयाँ आउटलेटमा आकर्षक अफरहरू सहित एप्पल कम्पनीका उत्पादनहरू बिक्री वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रीका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ ।
नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरीहरूलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण