अन्तरिक्षमा फसेका सुनिता र बिलमोर स्पेश एक्सको क्रु ड्र्यागनबाट पृथ्वीमा फर्किने
वाशिङटन डीसी । अन्तरिक्षमा हप्तौँदेखि फसेका दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र बुच बिलमोरलाई स्पेश एक्सको क्रु ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फिर्ता ल्याइने भएको छ । जुनको सुरुमा ८ दिनका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आईएसएस) गएका सुनिता र बिलमोर करिब ८० दिनदेखि त्यहाँ फसेका छन् ।
उनीहरू गएको बोइङको स्टारलाइनर अन्तरिक्षयानमा समस्या आएपछि उनीहरू महिनौँ त्यही फस्ने देखिएको छ । अन्तरिक्षयानबाट हिलियम चुहिएको अनि थ्रष्टरले पनि काम गर्न छाडेपछि उनीहरू तय गरिएको समयमा पृथ्वीमा फर्किन सकेनन् । यानमा आएको समस्या बुझ्न बोइङका इन्जिनियरहरूले हप्तौँदेखि प्रयास गरिरहेका छन् ।
यानले सुनिता र बिलमोरलाई पृथ्वीमा फर्काउन सक्षम हुनेमा आफू आशावादी रहेको बोइङले अगस्ट २ मा भनेको थियो । तर नासाले शनिवार स्टारलाइनर सेप्टेम्बरको सुरुमा रित्तै फर्किने बताएको छ । सुनिता र बिलमोर भने छिटोमा सन् २०२५ को फेब्रुअरीमा स्पेश एक्सको क्रु–९ मा चढेर पृथ्वीमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण