प्रेम आलेको आग्रह– तत्कालीन ऊर्जा मन्त्री बस्नेतलाई कठघरामा उभ्याऊ
आइतबार, ०९ भदौ २०८१, १६ : ०३
एकीकृत समाजवादीका सांसद प्रेम आलेले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा तत्कालीन ऊर्जा मन्त्री शक्ति बस्नेतलाई समितिको कठघरामा ल्याएर सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले महसुस नठाउनेदेखि छुट दिने कार्यसम्म तत्कालीन ऊर्जा मन्त्रीको हात रहेको भन्दै उनले यस्तो माग गरेका हुन् ।
‘मन्त्री भएर जथाभाबी निर्णय गर्ने ? उहाँलाई एक पटक यहाँ ल्याएर सोधपुछ गर्नुपर्छ ’ आलेले माग गरे ।
समितिले महसुल विवादमा आइतबारदेखि छलफल सुरु गरेको छ । पछिल्लो पटक महसुल विवादले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, व्यापारी र सरकार एक आपसमा विवाद गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण