भलिबलको मुख्य प्रशिक्षकमा भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा योन्जन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका योन्जन यसअघि सिराह जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यसैगरी, भलिबलको मुख्य प्रशिक्षकमा जगदीस भट्टलाई नियुक्त गरिएको जानकारी राखेपअन्तर्गत प्रचारप्रसार शाखाले दिएको छ । २०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रज्वलमान सिंहले उमेरहदका कारण अवकाश पाएपछि भट्टलाई उक्त जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए । राखेपका सदस्यसचिव टंकलाल घिसिङले दुबैजनालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै आगामी दिनमा तेक्वान्दो र भलिबल खेलले थप गति लिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण