ऐयरलाई हटाएर सूर्यकुमारलाई कप्तान बनाउने तयारीमा कोलकाता नाइट राइडर्स
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा कोलकाता नाइट राइडर्सले आफ्नो कप्तान परिवर्तन गर्ने भएको छ ।
कोलकाता नाइट राइडर्स आईपीएलको साविक विजेता टोली हो । अघिल्लो सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सले श्रेयस ऐयरको कप्तानीमा उपाधि जितेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्स ऐयरलाई हटाएर सूर्यकुमार यादबलाई कप्तान बनाउने तयारीमा जुटेको छ ।
यस विषयमा कोलकाता नाइट राइडर्सले सूर्यकुमारसँग छलफल पनि गरिसकेको समाचारमा जनाइएको छ । ३३ वर्षीय सूर्यकुमारले अघिल्लो सिजनको आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलेका थिए ।
सूर्यकुमारले यसअघि पनि कोलकाता नाइट राइडर्सबाट खेलिसकेका छन् । सूर्यकुमारलाई भित्राउन कोलकाताले मुम्बईसँग छुट्टै सम्झौता गर्ने बताइएको छ ।
सूर्यकुमारलाई ल्याएवापत कोलकाताले आफ्नो कुनै खेलाडी मुम्बईलाई दिनेछ वा सूर्यकुमारलाई भित्राएवापत कोलकाताले ठुलो धनराशी मुम्बईलाई बुझाउने छ ।
पछिल्लो समय सूर्यकुमार मुम्बई इन्डियन्ससँग सन्तुष्ट नरहेको पनि समाचारमा दाबी गरिएको छ । यसअघि मुम्बईले सूर्यकुमारलाई रिलिज गर्ने तयारी गरिरहेको समाचार पनि प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण