ऐयरलाई हटाएर सूर्यकुमारलाई कप्तान बनाउने तयारीमा कोलकाता नाइट राइडर्स

काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा कोलकाता नाइट राइडर्सले आफ्नो कप्तान परिवर्तन गर्ने भएको छ ।
कोलकाता नाइट राइडर्स आईपीएलको साविक विजेता टोली हो । अघिल्लो सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सले श्रेयस ऐयरको कप्तानीमा उपाधि जितेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्स ऐयरलाई हटाएर सूर्यकुमार यादबलाई कप्तान बनाउने तयारीमा जुटेको छ ।
यस विषयमा कोलकाता नाइट राइडर्सले सूर्यकुमारसँग छलफल पनि गरिसकेको समाचारमा जनाइएको छ । ३३ वर्षीय सूर्यकुमारले अघिल्लो सिजनको आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलेका थिए ।
सूर्यकुमारले यसअघि पनि कोलकाता नाइट राइडर्सबाट खेलिसकेका छन् । सूर्यकुमारलाई भित्राउन कोलकाताले मुम्बईसँग छुट्टै सम्झौता गर्ने बताइएको छ ।
सूर्यकुमारलाई ल्याएवापत कोलकाताले आफ्नो कुनै खेलाडी मुम्बईलाई दिनेछ वा सूर्यकुमारलाई भित्राएवापत कोलकाताले ठुलो धनराशी मुम्बईलाई बुझाउने छ ।
पछिल्लो समय सूर्यकुमार मुम्बई इन्डियन्ससँग सन्तुष्ट नरहेको पनि समाचारमा दाबी गरिएको छ । यसअघि मुम्बईले सूर्यकुमारलाई रिलिज गर्ने तयारी गरिरहेको समाचार पनि प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षमान पुन र विजय चौथाइवालेबिच भेटवार्ता, राजतन्त्रबारे भ्रम चिर्ने प्रयास
-
बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण
-
प्रिसा साह मृत्यु प्रकरणमा भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
लोडसेडिङको युग सकियो, अब विद्युतमा विश्वसनीयता आवश्यक : हितेन्द्रदेव शाक्य
-
लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरू प्रशस्त छन् : मन्त्री दाहाल
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै