विद्युतीय प्रणालीमा १९ लाखभन्दा बढी कृषक घरधुरी सूचीकृत
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जनाएको छ । आइतबार पत्रकारसँगको भेटघाटमा मन्त्री रामनाथ अधिकारीले देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जानकारी गराएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । जहाँ ४ लाख १८ हजार ८६ किसान सूचीकृत भएका छन् । मधेस प्रदेशमा ३ लाख १६ हजार ९५०, बागमती प्रदेशमा २ लाख ९३ हजार, गण्डकी प्रदेशमा १ लाख ९४ हजार ६८४, लुम्बिनी प्रदेशमा ३ लाख ३६ हजार ४२१ कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । त्यसैगरि कर्णाली प्रदेशमा १ लाख ८० हजार ६३७ र सुदूरपश्चिम प्रदेशमा २ लाख ३३३ किसान सूचिकृत भएका छन् ।
मन्त्रालयले असोज मसान्तसम्म किसान सूचीकरण २१ लाख पुर्याउने र आर्थिक वर्ष २०८१÷८२ मा ३० लाख किसान सूचीकरणको लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण