मोदीले उद्घाटन गरेको शिवाजी महाराजको मूर्ति ८ महिनामै ढल्यो
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ८ महिना अघि अनावरण गरेको मूर्ति ढलेको छ । सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा मोदीले महाराष्ट्रको सिंधुदुर्ग जिल्लाको राजकोट किलामा छत्रपति शिवाजी महाराजको मूर्तिको उद्घाटन गरेका थिए ।
सोमबार दिउँसो १ बजेतिर ३५ फूटको सो मूर्ति ढलेको बताइएको छ । भारतीय नौसेनाले बनाएको सो मूर्ति मुसलधारे वर्षा र हुरीका कारण ढलेको बताइएको छ । सिंधुदुर्ग जिल्लामा गएको दुई–तीन दिनयता मुसधारे वर्षा भइरहेको थियो । छिट्टै सो मूर्तिको ठाउँमा नयाँ मूर्ति बनाइने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेले बताएका छन् ।
नौंसेना दिवसको अवसरमा सो मूर्ति बहादुरीलाई सलामको रुपमा स्थापना गरिएको थियो । मूर्ति ढलेपछि प्रतिपक्षका नेताहरूले मूर्तिको गुणस्तर र उद्घाटन गर्न हतार देखाएको आरोप लगाएका छन् । मूर्ति ढल्नुको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण