रामप्रसाद खनालको ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तिज गीत ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक भएको छ । मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला पोखरेल , प्रतिमा विश्वकर्मा, मिना लामा, मञ्जु बिक, यमप्रसाद न्यौपाने, दीपिका लगायतको स्वर रहेको छ ।
बिदेसिएका युवा र उसका बाबुआमाको पीर र समस्या देखि सामाजिक सञ्जालसम्मको प्रभावसम्मका विषय गीतमा उठाइएको छ । गीतको शब्द तथा सङ्गीत रामप्रसाद खनालले लेखेका हुन् । गीतमा पत्रकार घर बिगार्ने र कलाकार चर्चितकला देखाउने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । गीतको एरेन्ज पनि रामप्रसाद खनालले नै गरेका हुन् ।
गतिको भिडियो पनि बनेको छ । रामप्रसाद खनालकै निर्देशन रहेको भिडियो छायाङ्कन तथा सम्पादन तारकान्त बिकेले गरेका हुन् । भिडियोमा गायक गायिकालाई लाइभ दोहोरी शैलीमा गीत गाउँदै गरेको देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण