प्रचण्डलाई रघुजी पन्तको जवाफ : तपाईंलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दनलाई दिनुहोस्
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन अनुरोध गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । यसअघि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन प्रतिपक्ष दलको नेता पनि लिन भन्दै आक्रोश पोखेका थिए ।
जवाफमा पन्तले प्रचण्डलाई उक्त पद नदिएको भन्दै माओवादी संसदीय दलको नेतालाई उपलब्ध गराउने पद भएको बताए ।
‘संविधान पढ्नुस् नेताजी प्रमुख प्रतिपक्ष हामीले खोजेर पाउने पद हो ? तपाईंलाई दिएको हैन तपार्इंको पार्टीलाई दिएको हो । मन लाग्दैन भने तपाईँको छेउमा जनार्दन बस्नुभएको छ । उहाँलाई दिनुस्,’ उनले भने ।
नेता पन्तले सरकार र प्रधानमन्त्री पद गुमेपछि कति औडाह र छटपटी भएको भन्दै भने,‘हिजो सत्ता जता, त्यतै प्रचण्ड भनेर स्थापित गर्ने मान्छे तपाईं हैन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण