नेविसंघको समन्वयमा विद्यार्थीहरूलाई इन्टनसीप प्रदान
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को समन्वयनमा विद्यार्थीहरूलाई इन्टनसिपको अवसर प्रदान गरिएको छ । नेविसंघ र स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस धरानको पहलमा पूर्वाञ्चल क्याम्पस र विभिन्न कम्पनीसँग १७ जना विद्यार्थीलाई इन्टनसीपको व्यवस्था गरिएको हो ।
उनीहरूलाई प्रति विद्यार्थी न्यूनतम १५ हजार मासिक तलबसहित पेईड इन्टनसीपका लागि सम्झौता गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेपालका सातवटा कम्पनीहरू (रामेछाप शेर्पा कन्स्ट्रक्सन, सप्तभूमि एग्रो रिसर्च, भिमेश्वर ग्रुप, तहरी बुल्डर्स, बस्नेत बुल्डर्स, रुपालकी कन्स्ट्रक्सन, सिद्धार्थ कन्स्ट्रक्सनसँग सम्झौता गरिएको अध्यक्ष शेर्पाले बताए ।
इन्टनसीपले विद्यार्थीहरूलाई उद्योग र वास्तविक जीवनका परियोजनाहरूमा सहभागी गराउन, आत्मविश्वास बढाउन मद्दत गर्ने अध्यक्ष शेर्पाले बताए । विद्यार्थीहरूलाई आफ्नो सीपलाई वास्तविक समस्याहरूमा प्रयोग गर्ने अवसर दिने र भविष्यका रोजगारीका सम्भावनाहरूलाई मजबुत बनाउने उनको भनाइ छ ।
नेविसंघले पेइड इन्टनसीपको अभियान सुरु गरेको छ । जसअनुसार यसअघि पुल्चोक इन्जिनियरिङ कलेजका विभिन्न फेकल्टीमा ६० जना विद्यार्थीलाई इन्टनसीपको व्यवस्था गरेको थियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा १५ जना विद्यार्थीलाई इन्टनसीपको लागि समेत व्यवस्था गरिएको थियो । सोही आधारमा आज काठमाडौँ उपत्यका बाहिर धरानमा समेत पेईड इन्टनसीपको व्यवस्था गरिएको अध्यक्ष शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण