स्पेनमा खेलियो गोलभेँडाको ‘होली’
बुनोल । पूर्वी स्पेनको बुनोल सहर बुधवार मानिसहरूले गोलभेँडाको होली खेलेका छन् । परम्परागत टोमाटिना पर्वमा सेतो वस्त्र लगाएका झन्डै २२ हजार सहभागीहरूले पाकेको गोलभेँडा एक अर्कालाई फ्याकेर रमाइलो गरेका थिए ।
सहरको सडक र मान्छेको जिउँभरि गोलभेँडाको रस लतपत थियो । हरेक वर्ष अगस्टको अन्तिम हप्तामा भेलेन्सियाको पश्चिममा ४० किमी पर रहेको बुनोलमा टोमाटिना पर्व मनाइन्छ । पर्वका लागि यस पटक सात ओटा ट्रकमा करिब १५० टन पाकेको गोलभेँडाको व्यवस्था गरिएको थियो । एक दुई घण्टासम्म सहभागीहरूलाई आफूमाथि गोलभेँडा फ्याका फ्याक गरेका थिए ।
यो पर्वमा सहभागी हुन बर्सेनि विश्वभरबाट सयौँ पर्यटक बुनोल पुग्ने गरेका छन् । बुनोलमा सन् १९४५ को अगस्ट २८ मा एउटा झगडाबाट यो पर्व जन्मिएको हो । त्यतिबेला एउटा परेड भइरहेको थियो । परेडलाई नजिकबाट नियाल्ने कोशिशमा युवाहरूले परेडमा सहभागी एक जनालाई धक्का दिए ।
त्यसपछि नजिकै रहेको ठेलाबाट मान्छेहरूले गोलभेँडा उठाएर हाना गर्न थाले । यस घटनामा प्रहरीले नै हस्तक्षेप गर्नु पर्यो ।
अर्को वर्ष युवाहरूले सोही घटनाको सम्झनामा गोलभेँडा हानाहान गरे । त्यसपछि हरेक वर्ष अगस्ट २८ मा यस्तै गतिविधि हुन् थाल्यो । तर सन् १९५० को दशकमा यसमा बन्देज लगाइयो । तर सन् १९५९ मा केही नियम सहित यसलाई पुनः सुचारु गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण