द लिजेन्ड लिग
पूर्वकप्तान पारसले भारतमा लिजेन्ड लिग क्रिकेट खेल्ने
बिहीबार, १३ भदौ २०८१, १५ : ४६
काठमाडौँ । भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् ।
नयाँ दिल्लीमा बिहीबार भएको लिलामीमा खड्कालाई गुजरातले खरिद गरेको हो । लिगका अनुसार खड्कालाई १२.५ लाख भारतीय रुपैयाँमा टोलीले खरिद गरेको छ ।
पारसको टोलीमा जेरोम टेलर, असगर अफगान, लेन्डल सिमन्स, मोर्नी भान विक, लियाम प्लंकेट, सेकुगे प्रशन्ना, कामायु लेभररकलगायत रहेका छन् ।
लिग आगामी सेप्टेम्बर २० देखि जोधपुरको बर्कतुल्लाह खान स्टेडियममा सुरु हुनेछ । ६ वटा टिम सहभागी हुने लिगमा २५ खेल खेलाइनेछ ।
लिगका शीर्ष दुई टोलीले अक्टोबर १६ मा हुने फाइनलमा भिड्नेछन् । फाइनल खेल श्रीनगरको बक्सी स्टेडियममा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण