समीक्षाको स्वरमा आयो ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ गीत
काठमाडौँ । अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको गीत सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । गीतमा बालगायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि रहेको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको निर्देशन सन्जोग राईले गरेका हुन् । निर्देशक राईले अजय गौतमसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘देवी’ निर्माणमा बाँसुरी फिल्मस्को सहकार्य छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।
रेमन गुरुङ र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । मनोज राठी र उज्वल पौडेलले फिल्मको वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण