समीक्षाको स्वरमा आयो ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ गीत
_19kF2tfvAS.jpg)
काठमाडौँ । अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको गीत सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । गीतमा बालगायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि रहेको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको निर्देशन सन्जोग राईले गरेका हुन् । निर्देशक राईले अजय गौतमसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘देवी’ निर्माणमा बाँसुरी फिल्मस्को सहकार्य छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।
रेमन गुरुङ र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । मनोज राठी र उज्वल पौडेलले फिल्मको वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने
-
प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’
-
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण