विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । इलाम, बारा, ललितपुर, बागलुङ लगायतका जिल्लामा ६ जना मृत फेला परेका हुन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका छन् ।
माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ शङ्कर चोक नजिकै एक युवक मृत फेला परेका छन् ।
जिल्लाको कलैया पिलुवा सडक खण्डमा कलैया उपमहानगरपालिका–२१ भोडा टोल बस्ने ३० वर्षीय मुकुन्द चौधरी शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
यता ललितपुरमा पनि एक युवक मृत फेला परेका छन् । जिल्लाको ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी मृत फेला परेका हुन् । उनी सोही होस्टेलमा शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा पनि एक पुरुष मृत फेला परेका छन् । परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
उता, बागलुङमा पनि एक पुरुष मृत फेला परेका छन् । बागलुङ नगरपालिका–१ रूद्रेपिपलस्थित गोरेटो बाटोमा सोही ठाउँ डेरा गरी बस्ने काठेखोला गाउँपालिका–३ धम्जा घर भएका ५६ वर्षीय रामबहादुर जिसी शनिवार मृत
अवस्थामा फेला परेका हुन् । त्यसैगरी झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बु शनिवार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण