सहकारी ठगी प्रकरण
झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ
आइतबार, १६ भदौ २०८१, १७ : ४३
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।
सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण