बुबाको मुख फोटोमा हेर्दैछु

मेरो आँखाले पनि बुबालाई नदेखेको दसौँ वर्ष भयो
नत कहिले हाँसे म नत यो मनमा हर्ष छायो
हुन त हो देख्न पनि कसरी देख्छन्
मेरो आँखाले बुबालाई
धेरैले भन्छन् छोरा तिम्रो बुबा परलोकमा छन्
तिम्रो बुबा स्वर्गलोकमा छन्!
थाहा छ मलाई मेरो बुबा स्वर्गलोकमा त
पहिलै गएका हुन्
तर सधैँको लागि मेरो बुबा मेरो मुटुमा छन्
मस्तिष्कमा छन् !
क्यामेराले फोटो कैद गर्न त्यो बेला
मोबाइल थिएन मसँग
छातीको एक्स-रे गरेर मुटुमा हेर्दै छु
बुबाको मुख फोटोमा हेर्दै छु!
धेरै को लागि कुसे औँसी आउँछ
बुबाको मुख हेर्ने दिन आउँछ
तर मलाई बुबाको मुख हेर्न
न कुसे औँसी नै चाहिन्छ
न मलाई बुबाको मुख हेर्ने दिन नै चाहिन्छ
बस मलाई सधैँ बुबाको याद आइरहन्छ !
र त्यही छातीको एक्स-रेमा देखिएको
मुटुमा रहेको मेरो बुबाको फोटो
फ्रेममा राखेर भित्तामा टाँसेको छु र
आज पनि बुबाको मुख फोटोमा हेर्दैछु
यो चलिरहेको दुई मुठ्ठी सास
बुबाको आशीर्वादले हो
रत बुबा मेरो धड्कनमा छन्
बुबा मेरो मनमा छन्!
बुबा मैले धेरै सम्झिरहेको छु
आशीर्वाद दिइरहनु सधैँ
बुबा तपाईँकै आशीर्वादले
बाँचिरहेको छु!
फोटो मुटु राखेको छु
भित्तामा सजाएको छु
आजको विशेष दिन
बुबाको मुख फोटोमा हेर्दै छु!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा इभि भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटेका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला