बुबाको मुख फोटोमा हेर्दैछु
मेरो आँखाले पनि बुबालाई नदेखेको दसौँ वर्ष भयो
नत कहिले हाँसे म नत यो मनमा हर्ष छायो
हुन त हो देख्न पनि कसरी देख्छन्
मेरो आँखाले बुबालाई
धेरैले भन्छन् छोरा तिम्रो बुबा परलोकमा छन्
तिम्रो बुबा स्वर्गलोकमा छन्!
थाहा छ मलाई मेरो बुबा स्वर्गलोकमा त
पहिलै गएका हुन्
तर सधैँको लागि मेरो बुबा मेरो मुटुमा छन्
मस्तिष्कमा छन् !
क्यामेराले फोटो कैद गर्न त्यो बेला
मोबाइल थिएन मसँग
छातीको एक्स-रे गरेर मुटुमा हेर्दै छु
बुबाको मुख फोटोमा हेर्दै छु!
धेरै को लागि कुसे औँसी आउँछ
बुबाको मुख हेर्ने दिन आउँछ
तर मलाई बुबाको मुख हेर्न
न कुसे औँसी नै चाहिन्छ
न मलाई बुबाको मुख हेर्ने दिन नै चाहिन्छ
बस मलाई सधैँ बुबाको याद आइरहन्छ !
र त्यही छातीको एक्स-रेमा देखिएको
मुटुमा रहेको मेरो बुबाको फोटो
फ्रेममा राखेर भित्तामा टाँसेको छु र
आज पनि बुबाको मुख फोटोमा हेर्दैछु
यो चलिरहेको दुई मुठ्ठी सास
बुबाको आशीर्वादले हो
रत बुबा मेरो धड्कनमा छन्
बुबा मेरो मनमा छन्!
बुबा मैले धेरै सम्झिरहेको छु
आशीर्वाद दिइरहनु सधैँ
बुबा तपाईँकै आशीर्वादले
बाँचिरहेको छु!
फोटो मुटु राखेको छु
भित्तामा सजाएको छु
आजको विशेष दिन
बुबाको मुख फोटोमा हेर्दै छु!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण