यसकारण खेलिँदैछ न्युजिल्यान्ड र श्रीलंकाबिच ६ दिने टेस्ट क्रिकेट !
काठमाडौँ । निकट भविष्यमा न्युजिल्यान्डको क्रिकेट टोलीले भारत भ्रमण गर्दैछ । भारत भ्रमणका क्रममा न्युजिल्यान्डको टोलीले अफगानिस्तानसँग एउटा टेस्ट खेल्ने कार्यक्रम छ । न्युजिल्यान्ड र अफगानिस्तानबिचको टेस्ट नोएडामा खेलिने छ ।
त्यसपछि न्युजिल्यान्डको टोली श्रीलंका भ्रमणमा जानेछ । न्युजिल्यान्ड र श्रीलंकाबिच दुई टेस्टको शृंखला खेलिने छ । त्यसमध्ये पहिलो टेस्ट ६ दिनको हुनेछ । विश्व क्रिकेटको सबैभन्दा पुरानो ढाँचा हो, टेस्ट । पहिले टेस्ट क्रिकेट ६ दिनकै खेलिन्थ्यो ।
त्यतिबेला ६ मध्ये एक दिन आरामका लागि छुट्याइन्थ्यो । करिब ३५ वर्षयता टेस्ट क्रिकेटलाई पाँच दिनमा झारिएको छ र यसमा आरामका लागि छुट्टै दिन निर्धारण गरिएको हुँदैन । तर, न्युजिल्यान्ड र श्रीलंकाबिचको एउटा टेस्ट भने ६ दिनको हुनेछ ।
यसको पछाडि पनि रोचक कारण रहेको छ । खासमा न्युजिल्यान्ड र श्रीलंकाबिचको पहिलो टेस्ट सेप्टेम्बर १८ देखि २३ तारिखसम्म हुनेछ । त्यसबिचमा एकदिन आरामका लागि छुट्याइएको छ । पहिलो टेस्टको चौथो दिन श्रीलंकामा राष्ट्रपति पदका लागि मतदानको समय परेको छ ।
श्रीलंकाली खेलाडीहरु पनि त्यो दिन मतदानमा ब्यस्त हुनेछन् । त्यसैले पहिलो टेस्टमा एक दिन आरामका लागि छुट्याइएको हो । पछिल्लो तीन वर्षको अवधिमा किविज टोलीले दोस्रो पटक ६ दिनको टेस्ट खेल्न लागेको हो ।
यसअघि न्युजिल्यान्डले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध ६ दिनको टेस्ट खेलेको थियो । त्यतिबेला सम्भावित वर्षाको जोखिमलाई ध्यानमा राख्दै ६ दिनको टेस्ट खेलिएको थियो । पहिलो दिनको खेल वर्षाका कारण सम्भव नभएपछि त्यसैलाई ‘रेष्ट डे’ मानिएको थियो ।
२१ औँ शताब्दीमा दोस्रो पटक ६ दिने टेस्ट खेल्न लागिएको हो । यसअघि सन् १९९३ मा वेस्ट इन्डिज र श्रीलंकाबिच ६ दिनको टेस्ट खेलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण