चीनमा विद्यालय बसले किचेर ११ जनाको मृत्यु
बेइजिङ । चीनमा विद्यालयको बसले भिडलाई किच्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यो घटना शान्तोङ प्रान्तको भएको त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ ।
मर्नेमा पाँच जना विद्यार्थीसमेत रहेको बताइएको छ । अन्य कयौं घाइते भएको र यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ताइयान शहरको एउटा विद्यालयबाहिर गेटमा उभिरहेका विद्यार्थी र अभिभावकलाई विद्यालयकै बसले किचेको थियो ।
चालकले बसमा नियन्त्रण गुमाउँदा सो दूघर्टना भएको बताइएको छ । चालकलाई प्रहरीले हिरासतमा लिएर यस घटनाबारे छानबिन गरिरहेको छ । दूघर्टना जानी जानी गराइएको हो वा होइन भन्ने चाँहि स्पष्ट हुन सकेको छैन ।
नयाँ आर्थिक वर्ष शुरु भएर विद्यार्थीहरू विद्यालय फर्किएको केही दिनमै यो घटना भएको हो । चीनमा बेला बेलामा यस्ता सडक दूघर्टना भइरहन्छन् । यही लर्ष जुलाईमा मध्य चीनको चाङशा शहरमा पदलयात्रीहरूको एक समूहलाई गाडीले कुल्चिँदा ८ जनाको मृत्यु भएको थियो भने अन्य कयौं घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण