वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल लर्डसमा
काठमाडौँ । वर्ल्ड टेस्ट च्याम्पियनसिप (सन् २०२३ देखि सन् २०२५) को फाइनल खेल लर्डसमा खेलाइने भएको छ । फाइनल खेल सन् २०२५ को जुन ११ तारिखमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (र्आसीसी) ले मंगलबार जनाएको छ ।
वर्ल्ड टेस्ट च्याम्पियनसिपको तालिकामा हाल भारत र अस्ट्रेलिया अगाडि छन् । पहिलो स्थानमा आसीन भारतको ६८.५२ र दोस्रो स्थानमा आसीन अस्ट्रेलियाको ६२.५० प्रतिशत अंक रहेको छ । हालसम्म भारतले नौ र अस्ट्रेलियाले १२ खेल खेलिसकेका छन् ।
तर, प्रतियोगिताको फाइनलमा पुग्ने टोलीको टुंगो आगामी वर्षमात्र लाग्नेछ । हाल तालिकामा ६ खेल खेलेको न्युजिल्यान्ड तेस्रो र समान खेल खेलेको बंगलादेश चौथो स्थानमा आसीन छन् । १५ खेल खेलेको इङ्गल्यान्ड पाँचौँ स्थानमा छ ।
यसैगरी, ६ खेल खेलेको दक्षिण अफ्रिका छैटौँ, समान खेल खेलेको श्रीलङ्का सातौँ, सात खेल खेलेको पाकिस्तान आठौँ र नौ खेल सकेको वेस्ट इन्डिज नवौँ स्थानमा आसीन छन् । वर्ल्ड टेस्ट च्याम्पियनसिपको यो तेस्रो संस्करण हो ।
पहिलो संस्करण (सन् २०१९ देखि सन् २०२१) को उपाधि न्युजिल्यान्डले जितेको थियो । त्यो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराएको थियो । दोस्रो संस्करण (सन् २०२१ देखि सन् २०२३) को फाइनलमा अस्ट्रेलियाले भारतलाई दुई सय नौ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण