महासंघ र ट्रेड युनियनबिच समस्या समाधान गर्न फोरम स्थापना
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबिच श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना भएको छ ।
फोरम स्थापनाको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिकबिचको सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबिच सहकार्य र समन्वय हुनुपर्ने धारणा राखे ।
बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष योगेन्द्र कुँवरले गत मङ्सिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनमा आउन सक्ने चुनौतीको दुई पक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउन जरुरी रहेको धारणा राखे ।
यस्तै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई संयुक्त रूपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्नुपर्ने श्रेष्ठले बताए ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गर्नुपर्ने कुरालाई जोड दिइन् । साथै, दुई पक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्या मिलेर समाधान गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण