विभिन्न देशमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशस्थित नेपाली दूतावासमा रिक्त काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरेको छ ।
दक्षिण कोरिया, कता, मलेसिया, यूएई, ओमानस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासमा काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरिएको हो ।
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएको योग्यता पुगेका कर्मचारीलाई आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा व्यक्तिगत विवरण उल्लेखगरी मन्त्रालयमा आवेदन दिन भनेको हो ।
नेपाली दूतावास सियोल दक्षिण कोरिया, नेपाली दूतावास दोहो कतार, नेपाली दूतावास क्वालालम्पुर मलेसियाका लागि ११ जना काउन्सेलर (श्रम) का लागि आवेदन माग गरिएको छ ।
त्यस्तै नेपाली दूतावास अबुधावी संयुक्त अरब इमिरेट्स, नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरेबिया, नेपाली दूतावास मलेसिया र नेपाली दूतावास मस्कट ओमानका लागि श्रम सहचारीको लागि आवेदन माग गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण