मोदीले उद्घाटन गरेको मूर्ति ढलेपछि मूर्तिकार पक्राउ
मुम्बई । भारतको महाराष्ट्रमा छत्रपति शिवाजी महाराजको मूर्ति ढलेको मामिलामा प्रहरीले मूर्तिकारलाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको जनाएको हो । उनलाई थानेबाट सिन्धुदुर्ग ल्याएर बिहीबार अदालतमा पेस गरिनेछ ।
महाराष्ट्रको सिन्धुदुर्गको राजकोट किल्लामा रहेको यो ३५ फिट अग्लो मूर्ति गत महिना अनावरण भएको ९ महिनाभित्रै ढलेको थियो । यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।
मूर्ति ढलेको विषयलाई लिएर महाराष्ट्रमा राजनीतिक तनाव जारी छ । यसका लागि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, उपमुख्यमन्त्री अजित पवार र प्रधानमन्त्री मोदी आफैँले माफी मागेका छन्। तर, विपक्षीले भने प्रधानमन्त्री मोदीको माफीलाई अस्वीकार गरेका छन् ।
केही दिन अघि यस किल्लामा शिवसेना (यूबीटी) र भाजपाका कार्यकर्ताहरूबिच झडप भएको थियो । गत आइतबार विपक्षी महाविकास अघाडीका साझेदारहरूले मूर्ति ढलेकोमा विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण