सिंगापुरविरुद्ध १० रनमै अलआउट भयो मंगोलिया, टी–२० क्रिकेटमा खराब कीर्तिमानको बराबरी !
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको सिंगापुर र मंगोलियाबिचको खेलमा एउटा कीर्तिमान बनेको छ । त्यो खेलमा टस हारी पहिले ब्याटिङ गरेको मंगोलियाले १० ओभरमै अलआउट हुनुअघि १० रनमात्र बनाउन सकेको थियो ।
मंगोलियाले बनाएको यो रन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सबैभन्दा कम योगफलको कीर्तिमानको बराबरी हो । यसअघि सन् २०२३ को फेब्रुअरी २६ तारिखमा खेलिएको स्पेनविरुद्धको खेलमा इस्ले अफ म्यानको टोली केवल १० रनमै अलआउट भएको थियो ।
अहिले सिंगापुरविरुद्धको खेलमा मंगोलियाले त्यही खराब कीर्तिमानको बराबरी गरेको हो । बिहीबारको खेलमा सिंगापुरविरुद्ध मंगोलियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मंगोलियाका केवल दुई खेलाडीले सर्वाधिक दुई–दुई रन बनाए ।
मंगोलियाका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । सिंगापुरका बलर हर्ष भारद्वाज एक्लैले ६ विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल तीन रन खर्चिएका थिए । अक्षय पुरीले पनि दुई विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको सिंगापुरले भने पहिलो ओभरको पाँचौँ बलमै केवल एक विकेट गुमाएर १३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । सिंगापुरका लागि विलियम सिम्पसनले अविजित ६ र राउल शर्माले अविजित सात रन बनाएका थिए ।
उक्त खेलमा सिंगापुरका बलर भारद्वाज प्लेयर अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा सिंगापुरको यो लगातार दोस्रो जित हो । मंगोलियाको भने यो लगातार चौथो हार हो । मंगोलिया अंक तालिकामा सबैभन्दा तल छ । यो खेल मलेसियाको बांगीमा खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण