नेविसंघको पहलमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबिच पेइड इन्टर्नसिपको सम्झौता
काठमाडौँ । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबिच पेईड इन्टर्नसिपको लागि सम्झौता भएको छ । नेपाल विद्यार्थी सङ्घको समन्वयमा विद्यार्थीहरूलाई पेईड इन्टर्नसिपका लागि सम्झौता भएको हो ।
सम्झौता गरिएसँगै मध्यपश्चिम विश्वविद्यालयका सिभिल, आइडी र हाइड्रो इन्जिनियरिङका विद्यार्थीहरूले विद्युत् विकास विभाग र इण्डाभिजुयल पावर प्रोड्युसर (आईपीपीएस) ले सञ्चालन गर्ने परियोजनामा काम गर्ने अवसर पाउनेछन् ।
नेविसंघले पेईड इन्टर्नसिपको अभियान सञ्चालन गर्दै आएको छन् । विभिन्न निकायसँग समन्वय गरेर विद्यार्थीहरूलाई निश्चित पारिश्रमिक दिएर सीमित समयका लागि काम सिक्ने अवसर प्रदान गर्दै आएको छ ।
यसअघि पुल्चोक इन्जिनियरिङ कलेज, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका विद्यार्थीहरूलाई पेईड इन्टर्नसिपका लागि सम्झौता गरिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरूलाई पढाइसँगै काम सिक्ने अवसर समेत प्रदान हुँदै आएको बताए । त्यसरी काम गर्दै गर्दा विद्यार्थीहरूले निश्चित पारिश्रमिक समेत पाउने हुँदा आर्थिक रूपमा समेत सहज हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण