हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल हो : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् । काठमाडौँको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रित होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।
थापाले नेपाली राजनीति ध्रुवीकृत हुँदै गरेकोले साम्यवादी, पुँजीवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरू पनि एक हुनुपर्ने जरुरी भएको बताए । विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिँदै थापाले एकताको न्यूनतम सर्त सत्ता केन्द्रित होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलन हुनुपर्ने समेत स्पष्ट पारे ।
उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता औँल्याए । स्थानीय तहको उपनिर्वाचन हुने भएकोले अहिलेदेखि तयारीमा जुट्न नेता, कार्यकर्तालाई थापाले निर्देशन समेत दिए ।
मुलुकमा सर्बसत्ताबादी अभ्यास गर्ने प्रयास भइरहेको भन्दै थापाले भ्रष्टाचार र कुशासनलाई छोप्न अनेक तानाबाना बुनिन थालिएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने समेत उनको जोड थियो । कार्यक्रममा पार्टीका नेताहरू डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला, धिरज भण्डारी ,उज्ज्वल पोखरेललगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह