निवर्तमान मुख्यमन्त्री कार्कीले फेरि भने, `अनसन बस्ने कुराबाट पछि हटेको छैन´
विराटनगर । आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दाेहाेर्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने अडान पुनः राखेका हुन् ।
`जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य गरिरहेका छन् । म मेरो अडानमा प्रतिबद्ध छु । मैले संसदमा अनसन बस्छु भनेको कुराबाट पछि हटेको छुइन र हट्दिन पनि,´ कार्कीले भनेका छन्, `जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु । र कात्रो लिएर बस्छु। बस आज आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँदै छु ।´ कार्कीले यसअघि संसदमा बोल्दै अनसनको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण