अभिनेता मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क उपचार गर्ने
काठमाडौँ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममा लन्जेभिटी हेल्थ होमका सिइयो कृष्ण शाहीले उक्त घोषणा गरेका हुन् ।
चलचित्र निर्देशक समाज र लन्जेभिटी हेल्थ होमको संयुक्त आयोजना रहेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा सिइयो शाहीले सबै चलचित्रकर्मीलाई लन्जेभिटी हेल्थ होमले सबै किसिमको स्वास्थ्य परिक्षणमा सधैँ निः शुल्क र औषधिमा २० प्रतिशत छुट दिने बताए ।
कार्यक्रममा वरिष्ठ अभिनेता श्रेष्ठले आफ्नो उपचार निःशुल्क घोषणा गरेकामा लन्जेभिटी हेल्थ होम प्रति आभार व्यक्त गरे । आफू लामो समयदेखि बिमारी रहेकोले आफ्नो पूर्ण उपचार हुन नसके पनि मृत्युलाई केही समय पर धकेल्न उपचारबाट सम्भव हुने उनको धारणा रहेको थियो । श्रेष्ठले लन्जेभिटी हेल्थ होमले कलाकारलाई दिएको यो सुविधाको सबैले लाभ उठाउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार किरण केसीले सबैले सबैभन्दा पहिले आफ्नो स्वास्थ्य र त्यसपछि अन्य कुरोमा ध्यान दिनुपर्ने बताए ।
वरिष्ठ अभिनेता रवीन्द्र खड्काले कलाकारलाई माया गरेर लन्जेभिटी हेल्थ होमले दिएको सुविधा प्रति सम्पूर्ण कलाकारले खुसी रहेको बताए । उनले पछिल्लो समय आयुर्वेद उपचार पद्धति सबैको रोजाइमा पर्दै गएको धारणा राखे ।
कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीपक पराजुली र लन्जेभिटी हेल्थ होमका सिइयो कृष्ण शाहीबीच कलाकर्मी निःशुल्क उपचारको विषयमा सम्झौता पत्रमा हस्ताक्षर समेत भयो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, उपाध्यक्ष शिवहरी वैरागी, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामा, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, निर्देशक ऋषि लामिछाने, अमृत महर्जन, वरिष्ठ कलाकार उत्तम केसी, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राजेन्द्र केसीलगायत एकसय बढी कलाकर्मी र रंगपत्रकारको कार्यक्रममा उपस्थिति थियो ।
निःशुल्क शिविरमा ५५ जनाले स्वास्थ्य परीक्षणको लाभ उठाएका थिए । शिविरमा सहभागी कलाकर्मीलाई लन्जेभिटी हेल्थ होमले सधैँ स्वास्थ्य परीक्षण निःशुल्क गर्नेछ । शिविरमा डाक्टर परीक्षण, रक्त परीक्षण, थेरापी लगायत दर्जनौँ धेरै सेवहरु उपलब्ध थियो ।
वरिष्ठ कलाकार रवीन्द्र खड्काको संयोजन रहेको कार्यक्रम चलचित्र निर्देशक समाजका महसचिव अरुणकुमार प्रधानले सञ्चालन गरेका थिए । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले चलचित्रकर्मीलाई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्न शिविर आयोजना गरिएको बताए ।
ललितपुरको चापागाउँ दोबाटोमा रहेको लन्जेभिटी हेल्थ होमले आयुर्वेदिक पद्दतीबाट बिभिन्न रोगको उपचार सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण