बंगलादेश : दुर्गा पूजामा मन्दिरहरूको सुरक्षाबारे अन्तरिम सरकारले के भन्यो ?

ढाका । बंगलादेशमा विवाद सिर्जना गर्ने कुनै पनि काम अन्तरिम सरकारले नगर्ने त्यहाँका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसेनले शनिबार बताएका छन् । बंगलादेशी राष्ट्रिय गानमा परिवर्तन गर्ने कुनै योजना नभएको हुसैनले बताएको भन्दै समाचार एजेन्सी पीटीआईले समाचार छापेको छ ।
यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्व अमिर गुलाम आजमीका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अनुरोध गरेका थिए । प्रार्थनास्थलमा आक्रमण गर्नेहरूलाई हुसैनले मानवताका शत्रु भनेका थिए ।
उनीहरू अपराधी भएको र कानुन बमोजिम कारबाही हुनेमा उनले जोड दिएका थिए । दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँग मिलेर स्थानीयहरूले मन्दिरको सुरक्षा गर्ने खालिद हुसेनले घोषणा गरेका छन् ।
मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारको आतंकवादमा कहिले संलग्न नहुने र यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो