बंगलादेश : दुर्गा पूजामा मन्दिरहरूको सुरक्षाबारे अन्तरिम सरकारले के भन्यो ?
ढाका । बंगलादेशमा विवाद सिर्जना गर्ने कुनै पनि काम अन्तरिम सरकारले नगर्ने त्यहाँका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसेनले शनिबार बताएका छन् । बंगलादेशी राष्ट्रिय गानमा परिवर्तन गर्ने कुनै योजना नभएको हुसैनले बताएको भन्दै समाचार एजेन्सी पीटीआईले समाचार छापेको छ ।
यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्व अमिर गुलाम आजमीका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अनुरोध गरेका थिए । प्रार्थनास्थलमा आक्रमण गर्नेहरूलाई हुसैनले मानवताका शत्रु भनेका थिए ।
उनीहरू अपराधी भएको र कानुन बमोजिम कारबाही हुनेमा उनले जोड दिएका थिए । दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँग मिलेर स्थानीयहरूले मन्दिरको सुरक्षा गर्ने खालिद हुसेनले घोषणा गरेका छन् ।
मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारको आतंकवादमा कहिले संलग्न नहुने र यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण