बाबर आजमलाई कप्तानबाट हटाउने पीसीबीको तयारी
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन निकै निराशाजनक देखिन्छ । तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन बिर्सनलायक देखिएको छ । त्यसैले पाकिस्तानी समर्थक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँग पनि आक्रोसित बनेका छन् ।
पाकिस्तानका पूर्वक्रिकेटरहरुले पनि टोलीमा ब्यापक सुधारको खाँचो रहेको बताउँदै आएका छन् । यसै क्रममा पीसीबीले बाबर आजमलाई टी–२० टोलीको कप्तानबाट हटाउने तयारी गरेको छ । पीसीबीले बाबर आजमको स्थानमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई कप्तान बनाउनले तयारी गरेको समाचारमा जनाइएको छ ।
पीसीबीले सेप्टेम्बर १२ देखि २९ सम्म च्याम्पियन्स एकदिवसीय कप प्रतियोगिता आयोजना गर्दैछ । यो प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीसँगै नयाँ खेलाडीले पनि सहभागिता जनाउने भएका छन् ।
यो प्रतियोगितामा पाँचवटा टोलीले भाग लिनेछन् । पाँचवटै टोलीको कप्तानको नाम पनि सार्वजनिक गरिएको छ । तर, बाबर आजमलाई कुनै पनि टोलीको कप्तानको जिम्मेबारी दिइएको छैन । पाँचवटा टोलीका लागि मोहम्मद रिजवान, साहिन शाह अफ्रिदी, शादाब खान, साउद सकिल र मोहम्मद ह्यारिसलाई कप्तान बनाइएको छ ।
यसबाट पनि पीसीबीले बाबर आजमलाई कप्तानबाट हटाउन खोजेको संकेत मिलेको छ । निकेट भविष्यमा पाकिस्तानले घरेलु मैदानमा इङ्ल्यान्डसँग शृंखला खेल्ने कार्यक्रम छ । त्यसपछि पाकिस्तानी टोली अस्ट्रेलिया भ्रमणमा निस्कने छ ।
अस्ट्रेलिया भ्रमणका क्रममा पाकिस्तानले तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । त्यो शृंखलाअघि नै पीसीबीले नयाँ कप्तान नियुक्त गरिसक्ने बताइएको छ । यो विषयलाई लिएर पाकिस्तानी टोलीका प्रशिक्षक गेरी क्रस्टर्नले दुई महिनाअघि नै पीसीसी र बाबर आजमसँग छलफल गरिसकेको पनि बताइएको छ ।
समाचारमा जनाइए अनुसार, पीसीबी मोहम्मद रिजवानलाई तीनवटै ढाँचाको कप्तान बनाउने योजनामा छ । भारतमा सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा खराब प्रदर्शनपछि बाबर आजमले सबै ढाँचाको कप्तान पदबाट राजीनामा दिएका थिए ।
त्यसको केही महिनापछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपका लागि पीसीबीले पुनः उनलाई कप्तानको जिम्मेबारी सुम्पिएको थियो । तर, बाबर आजमको कप्तानीमा पाकिस्तानी टोली टी–२० विश्वकपको सुपर–८ चरणसम्म पुग्न पनि असफल भएको थियो । त्यसयता उनको ब्यापक आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण