आफ्ना माग पुरा नभए प्रदेश सभा भवन अगाडि अनसन बस्ने केदार कार्कीको घोषणा
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ९ वटा माग राख्दै प्रदेश सभा भवन अगाडि अनसन बस्ने घोषणा गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पुरा नभए विराटनगरस्थित प्रदेश सभा भवनको गेट अगाडि अनसन बस्ने घोषणा गरेका हुन् ।
उनले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
उनले आफ्नो नेतृत्वको सरकार विघटनपछि एमाले र माओवादीसहितको सरकार बनेको र उक्त सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा उपरोक्त जनहितकारी एवं समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको दाबी गरेका छन् ।
‘मन्त्री मगरले बजेट प्रस्तुत गर्नुभएपछि यसप्रति व्यापक असन्तुष्टि उत्पन्न भएको हो । यसपछि माननीय सभामुखजीसित सर्वदलीय बैठक भयो । उक्त बैठकमा तपाई स्वयंले बजेट सच्याउने लिखित प्रतिबद्धता गर्नुभएको थियो । तर त्यस प्रतिबद्धतालाई रद्दीको टोकरीमा फ्याँकेर तपाई आफ्नै मनोमानी शैलीमा काम गरिरहनुभएको छ,’ उनले मुख्यमन्त्री दिएको स्मरण पत्रमा भनेका छन्, ‘मैले यसका विरुद्धमा प्रदेश सभामा पटक–पटक आवाज उठाएको छु । साथै विज्ञप्ति, वक्तव्य र अन्य माध्यमबाट पनि उपरोक्त कार्यक्रमलाई पुनः सञ्चालन गरिनुपर्छ भन्दै दबाब दिइरहेको छु । तर पनि तपाई नेतृत्वको वर्तमान प्रदेश सरकार सुनेको नसुन्यै भएको छ । तसर्थ म प्रदेश सरकारले उपरोक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न ४८ घण्टाभित्र निर्णय गरोस् भनी यसै स्मरणपत्रमार्फत अल्टिमेटमका साथ आग्रह गर्दछु । यस अल्टिमेटमको बेवास्ता भएमा ४८ घण्टापछि विराटनगर महानगरपालिका देवकोटा चोकस्थित प्रदेश सभाको परिसरमा अनशन गर्ने निर्णयमा पुगेको स्मरण एवं जानकारी गराउँदछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण