१० खेलाडीमा सीमित स्पेनले स्वीटजरल्याण्डलाई हरायो
जेनेभा । १० खेलाडीमा सीमित स्पेनले यूईएफए नेसन्स लिगमा स्वीटजरल्याण्डलाई सजिलै पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोली ४–१ गोलले विजयी बन्यो ।
युरोपियन च्याम्पियनलाई होसेलुले खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा फाबियन रुइजले टोलीको अग्रता दोब्बर बनाए ।
यद्यपि, ब्रिल इम्बोलोमाथि प्रोफेसनल फाउल गरेका रोबिन ले नोरमान्डले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै ४१ औँ मिनेटमा जेकी आमडुनीले स्वीटजरल्याण्डका लागि एक गोल फर्काए ।
दोस्रो हाफमा ७७ औँ मिनेटमा फाबियन रुइजले ला रोजालाई पुनः दुई गोलको अग्रता दिलाए । ३ मिनेटपछि फेरान टारेसले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
समूहको अन्य खेलमा डेनमार्कले सर्बियालाई २–० गोलले हरायो । उसको दुई खेलबाट ६ अङ्क रहेको छ । यसअघि पहिलो खेलमा स्पेन सर्बियासँग बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण