उपराष्ट्रपति यादवले गरे पलेशालाई सम्मान
सोमबार, २४ भदौ २०८१, १६ : ०१

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ ।
पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन् ।
‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’
उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन