समुद्री आँधीले भियतनाममा व्यस्त पुल भत्कियो, कार र स्कुटर बगायो
सोमबार, २४ भदौ २०८१, १६ : ४६

हानोई । उत्तरी भियतनाममा सोमबार एउटा व्यस्त पुल भत्किएको छ । समुद्री आँधी यागीका कारण फु थो प्रान्तको फोङ चाउको व्यस्त पुल भत्किएको त्यहाँका उपप्रधानमन्त्री हो डक फोकले सोमबार भनेका छन् ।
पुल भत्किँदा १० वटा कार र दुईवटा स्कुटर लाल नदीमा डुबेको बताइएको छ । यस घटनामा हताहत भएको पुष्टि भने भइसकेको छैन ।
कम्तिमा ३ जनाको उद्धार गरिएको र अरू १३ जना अझै बेपत्ता रहेको बताइएको छ । ३७५ मिटर लामो सो पुलको केही खण्ड बगाएका छन् ।
आफूले सेनालाई सकेसम्म छिटै सो पुल बनाउन आदेश दिएको होले भनेका छन् । शनिवार यता समुद्री आँधीका कारण भियतनाममा ५९ जनाको मृत्यु भइसकेको छ ।
आँधीका कारण २४० जना घाइते भएको १५ लाख मानिस बिजुली बत्तीविहीन अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू