समुद्री आँधीले भियतनाममा व्यस्त पुल भत्कियो, कार र स्कुटर बगायो
सोमबार, २४ भदौ २०८१, १६ : ४६
हानोई । उत्तरी भियतनाममा सोमबार एउटा व्यस्त पुल भत्किएको छ । समुद्री आँधी यागीका कारण फु थो प्रान्तको फोङ चाउको व्यस्त पुल भत्किएको त्यहाँका उपप्रधानमन्त्री हो डक फोकले सोमबार भनेका छन् ।
पुल भत्किँदा १० वटा कार र दुईवटा स्कुटर लाल नदीमा डुबेको बताइएको छ । यस घटनामा हताहत भएको पुष्टि भने भइसकेको छैन ।
कम्तिमा ३ जनाको उद्धार गरिएको र अरू १३ जना अझै बेपत्ता रहेको बताइएको छ । ३७५ मिटर लामो सो पुलको केही खण्ड बगाएका छन् ।
आफूले सेनालाई सकेसम्म छिटै सो पुल बनाउन आदेश दिएको होले भनेका छन् । शनिवार यता समुद्री आँधीका कारण भियतनाममा ५९ जनाको मृत्यु भइसकेको छ ।
आँधीका कारण २४० जना घाइते भएको १५ लाख मानिस बिजुली बत्तीविहीन अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण