मार्क टेलर भन्छन्, ‘वार्नरको अनुपस्थितिमा स्मिथलाई टोलीमा फिर्ता बोलाउनु पर्छ’
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान मार्क टेलरले प्रभावशाली खेलाडी स्टिभ स्मिथलाई टी–२० टोलीमा फिर्ता बोलाउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।
डेभिड वार्नरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि टी–२० टोलीमा शीर्ष क्रमको तालमेल मिल्न नसकेकाले स्मिथलाई टोलीमा फिर्ता बोलाउनु पर्ने धारणा उनले ब्यक्त गरेका हुन् ।
अस्ट्रेलियाको टी–२० टोलीमा पुनरागमनका लागि स्मिथले लामो समयदेखि प्रयास गरिरहेका छन् । गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपपछि स्मिथ टोलीमा परेका छैनन् ।
टी–२० विश्वकपमा अस्ट्रेलियन टोली सुपर–८ चरणमा पराजित भएको थियो । दायाँहाते ब्याट्सम्यान स्मिथलाई त्यसपछि स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको शृंखलाका लागि पनि टोलीमा समावेश गरिएन ।
स्मिथको स्थानमा अस्ट्रेलियन टोलीमा ज्याक फ्रेजर म्याकगर्कलाई स्थान दिइएको थियो । तर, हालै सम्पन्न स्कटल्यान्डविरुद्धको शृंखलामा म्याकगर्कको प्रदर्शन भने निकै निराशाजनक रह्यो ।
स्कटल्यान्डविरुद्धको तीन टी–२० खेलको शृंखलामा म्याकगर्क दुईपटक शून्य रनमा आउट भए भने एक खेलमा १६ रन बनाएका थिए । त्यसैले टेलरले स्मिथलाई टोलीमा फिर्ता बोलाउनु पर्ने बताएका हुन् ।
‘म टी–२० टोलीमा अब डेभिड वार्नरको स्थान कसले लिन्छ भनेर हेरिरहेको छु । यो रोचक प्रतिक्षा पनि हो । मेरो विचारमा शीर्ष क्रमका लागि सबैभन्दा उपयुक्त विकल्प स्मिथ नै हुन्,’ टेलरले भनेका छन् ।
टेलरले शीर्ष क्रमका लागि बढी ब्याट्सम्यानलाई परीक्षण गर्नु समयको बर्बादीमात्र भएको धारणा ब्यक्त गरेका छन् । टी–२० विश्वकपमा अस्ट्रेलियन टोली अफगानिस्तानसँग पनि २१ रनले हारेको थियो ।
‘हामीले विश्वकपको जस्तो सुस्त पिचमा खेल्नु प¥यो भने मध्यक्रममा स्मिथ उपयुक्त विकल्प हुन् । विश्वका उत्कृष्ट ब्याट्सम्यान जुनसुकै ढाँचाका लागि पनि उपयुक्त हुन्छन्,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण