उपसभामुख हटाउने प्रस्ताव आए माओवादीले विरोध गर्ने
मङ्गलबार, २५ भदौ २०८१, १२ : ३३
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव सत्ता गठबन्धनले संसदमा पेस गरे विरोध गर्ने बताएका छन् ।
मंगलबार रातोपाटीसँग कुरा गर्दै पाण्डेले उपसभामुखलाई हटाउने प्रस्ताव आएमा विरोध गर्ने बताएका हुन् ।
‘उपसभामुखलाई हटाउने सम्बन्धमा सत्ता गठबन्धनले संसदमा कुनै प्रस्ताव ल्याएको छैन । यदि प्रस्ताव आएको विषयमा हामी विरोध गर्छौँ । अहिले नै यसबारे पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन’, पाण्डेले भने ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख राना मगरले पदीय आचरविपरीत काम गरेको भन्दै हटाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण