पूर्वमुख्यमन्त्री कार्कीको अनशनमा प्रहरी हस्तक्षेप
विराटनगर । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए । उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट हटाएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको छ ।
माइकिङ गर्दा पनि नहटीकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । अहिले दुई पक्षबिच दोहोरो झडप भइरहेको छ ।
कार्कीका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरिरहेका छन् । सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको छ । झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
त्यहाँबाट उठाउने प्रहरीको प्रयास भने अझै सफल भएको छैन । कार्की समर्थकले उनलाई अनशनस्थलमै सुरक्षा घेरा हालेर बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण