राजनीति
उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, २६ भदौ २०८१, १२ : १६
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि सत्ता गठबन्धनको बैठक बस्ने तयारी भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले उक्त बैठकको सम्पूर्ण तयारी गर्नका लागि गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेसको आज बिहान बसेको पूर्व पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले बैठकले उपसभामुखबारे साझा धारणा बनाउने निर्णय गरेको थियो । पार्टी प्रमुख सचेतक श्याम घिमिरेले दिएको जानकारी अनुसार गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गरेर बैठक बसाउने जिम्मेवारी पाएका हुन् ।
‘मिति समय तथा स्थानको टुङ्गो प्रधानमन्त्रीसँग छलफल गरेर लेखकजीले लगाउनुहुन्छ‚’ उनले भने । त्यसपश्चात् मात्र कांग्रेसले संसदीय दलको बैठक बसेर उपसभामुख बारे निर्णय गर्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण