राजनीति
उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, २६ भदौ २०८१, १२ : १६

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि सत्ता गठबन्धनको बैठक बस्ने तयारी भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले उक्त बैठकको सम्पूर्ण तयारी गर्नका लागि गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेसको आज बिहान बसेको पूर्व पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले बैठकले उपसभामुखबारे साझा धारणा बनाउने निर्णय गरेको थियो । पार्टी प्रमुख सचेतक श्याम घिमिरेले दिएको जानकारी अनुसार गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गरेर बैठक बसाउने जिम्मेवारी पाएका हुन् ।
‘मिति समय तथा स्थानको टुङ्गो प्रधानमन्त्रीसँग छलफल गरेर लेखकजीले लगाउनुहुन्छ‚’ उनले भने । त्यसपश्चात् मात्र कांग्रेसले संसदीय दलको बैठक बसेर उपसभामुख बारे निर्णय गर्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित