युक्रेनलाई लामो दूरीको अस्त्र प्रयोगमा लगाएको प्रतिबन्ध हटाउने बाइडेनको सङ्केत
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले दिएको लामो दूरीको मिसाइल प्रयोगमा युक्रेनमाथि लगाएको प्रतिबन्ध फुकाउने सङ्केत गरेका छन् । यस्तो प्रतिबन्धले आफ्नो हात बाँधिएको भन्दै युक्रेनले बारम्बार ती हतियारको प्रयोगमा लगाएको बन्देज खुकुलो पार्न अनुरोध गर्दै आएको थियो । बाइडेनले भने जस्तै गरी अमेरिकाले यस्तो अनुमति दियो भने युक्रेनको अनुरोध पूरा हुनेछ ।
यस विषयमा रुसले अहिलेसम्म कुनै पनि टिप्पणी दिएको छैन । तर यस अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो खालको कदमले गम्भीर समस्या निम्त्याउने भनेर चेतावनी दिएका थिए । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र उनका बेलायती समकक्षी डेभिड ल्यामीले किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने तयारी गरिरहँदा बाइडेनको यो अभिव्यक्ति आएको हो ।
यो भ्रमण अघि आफूहरूको ध्येय युक्रेनी नेतृत्वबाट उनीहरूको लक्ष्य र सोको पूर्तिका लागि आफूहरूले के सहयोग गर्न सक्छौँ भनेर प्रत्यक्ष सुन्नु भएको बताएका छन् । लन्डनमा छलफलपछि ब्लिङकेन र ल्यामी साथसाथै किभ जाँदैछन् । आफ्नो बेलायत भ्रमणका क्रममा ब्लिङ्केनले इरानमाथि रुसलाई छोटो दूरीको ब्यालिष्टिक मिसाइल दिएको आरोप लगाउँदै यी अस्त्र केही हप्ताभित्रै युक्रेनीमाथि प्रहार हुन सक्ने बताएका थिए । तर इरानले बारम्बार यी आरोपको खण्डन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण