मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । शुक्रबारका लागि निर्धारित स्ववियु निर्वाचन अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको हो ।
विद्यार्थीहरुले आफुले मतदान गर्न पाउनुपर्ने माग राख्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशपछि निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत त्रिभुवन बिसीले जानकारी दिए ।
‘अदालतबाट अन्तरिम आदेश आएको भन्ने छ । तर, हामीलाई आधिकारिक पत्र आएको छैन । पत्र नआउँदासम्म हाम्रो काम जारी रहन्छ,’ बिसीले भने ।
विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मदन पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षलाई असोज ६ गते छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म सुविधा सन्तुलनका दृष्टिले चुनाव स्थगित गर्नु उपयुक्त हुने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।
गत साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएर भदौ २८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण