कृषि क्षेत्रको विकासका लागि व्यवसायीकरण र यान्त्रिकीकरण आवश्यक : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यवसायीकरण र यान्त्रिकीकरण आवश्यक रहको बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीस्थित पृथु टेक्निकल कलेजमा शुक्रबार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषय बिचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरू अघि बढाएको बताए ।
उनले कृषिमा युवा पुस्ता आकर्षित हुन नसक्नु समस्या रहेको बताउँदै राजनीतिक दलहरूले अब स्वदेशमै अवसरहरूको सृजना गर्नेगरी नीतिगत भूमिका बढाउनुपर्ने धारणा राखे ।
प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरू अघि बढाएको बताउँदै उनले कृषिलाई उद्यम र उद्योगको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरूले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्नु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण