भाजपाले माग्यो अरविन्द केजरीवालको राजीनामा
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्शत जमानत दिएको छ । जमानतमा छुटेपनि उनले मुख्यमन्त्रीको रूपमा कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्न पाउने छैनन् ।
मुख्यमन्त्रीको काम गर्न नपाउने भएपछि कुर्सीमा किन भनेर भारतीय जनता पार्टी (भाजपा)का दिल्ली अध्यक्ष वीरेन्द्र सचदेवाले प्रश्न गरेका छन् । उनले केजरीवालको पदबाट राजीनामा दिनुपर्ने पनि बताए । सशर्त जमानत दिएर अदालतले केजरीवालको गिरफतारी वैध भएको र आरोप पनि वैध छ भन्ने स्पष्ट गरेको उनको भनाइ छ । केजरीवालले सशर्त जमानत पाउनु विशेष उपलब्धि नभएको पनि उनले बताए ।
उनीमाथिको मुद्दा जारी नै रहेको र छिट्टै लामो सजाय हुने पनि उनले बताए । केजरीवाल जयललिता, लालु यादव, मधु कोडा जस्ता मुख्यमन्त्रीहरूको सूचीमा परेका र उनीहरूले जस्तै जमानत पाए पनि छिट्टै सजाय पाएर जेल जाने सचदेवाले भने । अदालतले जुन शर्त राखेर केजरीवाललाई जमानत दिएको छ त्यसमा उनलाई मुख्यमन्त्री पदमा बस्ने अधिकार नभएको उनले बताए । उनले मुख्यमन्त्रीको काम गर्न सक्दैनन् भने मुख्यमन्त्री किन बनिरहने भन्दै प्रश्न गरेका छन् । केजरीवाल इमान्दार छन् भने राजीनामा किन दिँदैनन् भन्दै उनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण