गाईघाटमा एकीकृत समाजवादीको सन्देश सभा
काठमाडौँ । पार्टीले लिएका नीति, विचार, सिद्धान्त र कार्यक्रमहरू जनमानसमा पुर्याउन नेकपा (एकीकृत समाजवादी) ले उदयपुरको गाईघाटमा सन्देश सभा सम्पन्न गरेको छ । शुक्रवार आयोजित सन्देश सभामा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत उपाध्यक्षहरू जयन्ती राई तथा जगन्नाथ खतिवडाले सम्बोधन गरेका छन् ।
एकीकृत समाजवादीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णयअनुसार कोशीको उदयपुरमा शुक्रवार पहिलो सन्देश सभा गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले लिएको नीति र कार्यक्रममार्फत मात्र समाजवादको लक्ष्यमा पुगिने बताए । कार्यक्रममा जसपा र माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।
सो पार्टीले उदयपुरमा शनिवार कोशी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला आयोजना गरेको छ । भेलाले प्रदेशस्तरीय पार्टीका रणनीतिक मुद्दामा छलफल गर्दै महत्त्वपूर्ण योजनाहरूमा ध्यान केन्द्रित गर्ने उपाध्यक्ष खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण