शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवालाई चुस्त बनाउनुको विकल्प छैन : मुख्यमन्त्री आचार्य

शनिबार, २९ भदौ २०८१, १२ : २७
शनिबार, २९ भदौ २०८१

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधी  व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको सम्मान एवम् अ‍ाैषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार  गर्नुको विकल्प नभएको समेत बताए । उनले बुटवललाई स्वास्थ्य हब बनाउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरे । 

१२ सय शय्याको  अस्पतालले पूर्णता पाएपछि यस क्षेत्रमा अ‍ाैषधी व्यवसाय पनि फस्टाउने उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा समेत राखे ।

औषधी व्यवसायको नाममा हुने लागु औषध कारोबारमा कडाइ गरिने पनि आचार्यले बताए । औषधी व्यवसायी सङ्घका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले सरकारी स्तरबाट खाद्यान्न, औषधी  र कस्मेटिक ल्याब स्थापना गर्नुपर्ने माग राखे ।

यस्तै  दाङ र रुपन्देहीमा औषधीजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको समेत उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप