लुम्बिनीमा विद्युतीय सवारी साधन चलाउनुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । शनिबार लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन्।
सवारी साधन चलाउनमा आइपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने भएकाले सवारी साधनलाई कामविहिन बनाएर नराख्न निर्देशन दिए । उनले राज्य लाई प्राप्त भएको सम्पत्ति यसरी काम विहीन राख्दा त्यसको राम्रो सन्देश नजाने भन्दै कानुनी अड्चन फुकाउनुपर्ने भए आफूहरू फुकाउन तयार रहेको बताए ।
लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैङ्कको सहयोगमा ६ वटा बस र १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ती सवारी साधन नियमित सञ्चालनमा छैनन् ।
विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरू देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । एसियाली विकास बैङ्कको अनुदान र भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यी सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण