३ महिनापछि मैदानमा फर्किएका मेस्सीको ५ मिनेटभित्र दुई गोल
आइतबार, ३० भदौ २०८१, ०९ : २०
मियामी । लामो समय घाइते हुँदै मैदानबाहिर रहेर खेलमा फर्किएका लियोनेल मेस्सीले ५ मिनेटको अन्तरमा दुई गोल गरेपछि इन्टर मियामीले सहज जित हात पारेको छ । मेजर लिग सकर अन्तर्गतको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलले हराएको हो ।
कोपा अमेरिकाको फाइनलमा घाइते भएपछि ३७ वर्षीय मेस्सी ३ महिनाभन्दा बढी समय मैदान बाहिर रहेका थिए । उनले लिगमा पछिल्लो पटक जुन १ मा खेलेका थिए ।
आइतबारको खेलमा अग्रता भने फिलाडेल्फियाले लिएको थियो । दोस्रो मिनेटमा मिकायल उहरेले टोलीलाई अग्रता दिलाएका थिए ।
तर, मेस्सीले २६ औँ र ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर उनले लुइस सुवारेजका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।
अब मियामीले बुधबार एटलान्टाको सामना गर्नेछ भने सेप्टेम्बर २१ मा न्युयोर्क सिटी एफसीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण