ग्रामीण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छ : राज्यमन्त्री तामाङ
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् । आइतबार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राज्यमन्त्री तामाङले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिब जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताए ।
राज्यमन्त्री तामाङले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पुर्याउन आवश्यक रहेको बताए । उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताए । उनले मुलुकमा भएको व्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने,‘उज्यालो नेपाल बनाउनको लागि सरकार ग्रामीण बस्तीमा विद्युत पुर्याउने तयारीमा छौँ । ७७ जिल्लामा पहाडी क्षेत्रमा गरिबहरुको घरमा एउटा दुई वटा पोलमा १० दश खर्च गरेर भएपनि बिजुली बाल्ने लक्ष्य मेरो छ । मुलुकमा सार्वजनिक ऋण बढ्दै गएको छ । विदेशी ऋण तिर्ने एउटा मात्रै माध्यम भनेको विद्युत उत्पादन हो । विद्युत उत्पादन गरी विदेश निर्यात गर्दा मात्रै मुलुकले बढ्दो ऋण कम गर्नसक्छ ।’
राज्यमन्त्री तामाङले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताए । उनले सिँचाइ मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरूको भुक्तानी तत्काल दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण