ग्रामीण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छ : राज्यमन्त्री तामाङ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् । आइतबार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राज्यमन्त्री तामाङले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिब जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताए ।
राज्यमन्त्री तामाङले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पुर्याउन आवश्यक रहेको बताए । उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताए । उनले मुलुकमा भएको व्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने,‘उज्यालो नेपाल बनाउनको लागि सरकार ग्रामीण बस्तीमा विद्युत पुर्याउने तयारीमा छौँ । ७७ जिल्लामा पहाडी क्षेत्रमा गरिबहरुको घरमा एउटा दुई वटा पोलमा १० दश खर्च गरेर भएपनि बिजुली बाल्ने लक्ष्य मेरो छ । मुलुकमा सार्वजनिक ऋण बढ्दै गएको छ । विदेशी ऋण तिर्ने एउटा मात्रै माध्यम भनेको विद्युत उत्पादन हो । विद्युत उत्पादन गरी विदेश निर्यात गर्दा मात्रै मुलुकले बढ्दो ऋण कम गर्नसक्छ ।’
राज्यमन्त्री तामाङले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताए । उनले सिँचाइ मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरूको भुक्तानी तत्काल दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा