युरोपमा बाढीका कारण मर्नेको सङ्ख्या बढ्यो

भियना । विनाशकारी बाढीका कारण मध्य र पूर्वी युरोपमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बाढी र भारी हिमपातको चपेटामा अस्ट्रिया, चेक गणतन्त्र, जर्मनी हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकिया आएका छन् । पानीमा चुर्लुम्म डुबेका घरहरूबाट अधिकारीहरूले मानिसहरूलाई निकालेका छन् ।
अनलाइन र सामाजिक सञ्जालमा देखिएका फोटोहरूमा कारहरू पानीमा डुबेको, व्यवसायहरू चौपट भएको र मानिसहरू अलपत्र भएको तस्बिरहरू देखिएका छन् । विषम मौसमका बिच कयौँ सहरहरू हिउँ पुरिएका छन् ।
अस्ट्रियामा बाढीको चपेटामा परेका मानिसहरूलाई बचाउने उद्धार कार्य जारी राख्दा एक फायर फाइटरको ज्यान गएको छ । पोल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । रोमानियामा पनि भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार छ । चेक गणतन्त्रमा मृत्युको सही तथ्याङ्क अझै थाहा छैन ।
अस्ट्रियाको राजधानी भियनासँग जोडिएको प्रान्तलाई ‘प्रकोप क्षेत्र’ घोषणा गरिएको छ । त्यहाँका नेताहरूले यसलाई अप्रत्याशित र डरलाग्दो अवस्था भनेका छन् । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् । चेक रिपब्लिकले पनि भारी वर्षा को सामना गरिरहेको छ । कतिपय क्षेत्रमा तीन महिनामा पर्ने पानी तीन दिनमै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा