युरोपमा बाढीका कारण मर्नेको सङ्ख्या बढ्यो
भियना । विनाशकारी बाढीका कारण मध्य र पूर्वी युरोपमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बाढी र भारी हिमपातको चपेटामा अस्ट्रिया, चेक गणतन्त्र, जर्मनी हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकिया आएका छन् । पानीमा चुर्लुम्म डुबेका घरहरूबाट अधिकारीहरूले मानिसहरूलाई निकालेका छन् ।
अनलाइन र सामाजिक सञ्जालमा देखिएका फोटोहरूमा कारहरू पानीमा डुबेको, व्यवसायहरू चौपट भएको र मानिसहरू अलपत्र भएको तस्बिरहरू देखिएका छन् । विषम मौसमका बिच कयौँ सहरहरू हिउँ पुरिएका छन् ।
अस्ट्रियामा बाढीको चपेटामा परेका मानिसहरूलाई बचाउने उद्धार कार्य जारी राख्दा एक फायर फाइटरको ज्यान गएको छ । पोल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । रोमानियामा पनि भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार छ । चेक गणतन्त्रमा मृत्युको सही तथ्याङ्क अझै थाहा छैन ।
अस्ट्रियाको राजधानी भियनासँग जोडिएको प्रान्तलाई ‘प्रकोप क्षेत्र’ घोषणा गरिएको छ । त्यहाँका नेताहरूले यसलाई अप्रत्याशित र डरलाग्दो अवस्था भनेका छन् । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् । चेक रिपब्लिकले पनि भारी वर्षा को सामना गरिरहेको छ । कतिपय क्षेत्रमा तीन महिनामा पर्ने पानी तीन दिनमै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण