प्रस्तावित राजदूतमाथि परेका उजुरीबारे निष्कर्षमा पुग्न नसक्दा निर्णयमा ढिलाइ

काठमाडौँ । विभिन्न देशका प्रस्तावित राजदूतबारे असोज ३ गतेमात्र निर्णय हुने भएको छ । राजदूतबारे निर्णय गर्न असोज ३ गते संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन् ।
‘यसअघि राजदूतबारे निर्णय गर्न असोज २ गतेलाई समितिको बैठक बोलाइएको थियो तर फेरि सोमबार सरेर असोज ३ गतेलाई पुगेको छ’, घर्तीको भनाइ छ । उनका अनुसार असोज ३ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बैठकको पछिल्लो मिति तय भएको छ ।
समितिका सदस्य महेश बर्तौलाले असोज २ गते रास्वपाको राष्ट्रिय भेला भएकाले सो पार्टीबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू आउन नसक्ने भएकाले असोज ३ गते समितिको बैठक बस्ने तय भएको बताए । यसअघि आइतबार बोलाएको बैठक प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै समितिको बैठक स्थगित गरिएको थियो ।
समितिले १७ देशका लागि सिफारिस राजदूतहरूको सुनुवाइ सकिसकेको छ । स्रोतका अनुसार प्रस्तावित राजदूतमाथि समितिमा परेका उजुरीबारे निष्कर्षमा पुग्न नसक्दा समय धकेलिएको हो ।
प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा.नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका थिए । असोज ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन त्यसतर्फ जाने भएकाले त्यसअघि नै राजदूतबारे निर्णय गर्ने तयारी रहेको समिति सदस्यहरूको भनाइ छ ।
‘सिफारिस केही राजदूतमाथि समितिमा उजुरी परेका छन् । ती उजुरीको पनि अध्ययन गर्नुपर्ने नै भयो । गहन अध्ययन नगरी निर्णय गर्दा पछि समस्या पनि हुनसक्छ’, समितिका एक सदस्यले भने, ‘यसबारे पार्टीका शीर्ष नेताको पनि परामर्श जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने