गढीमाई मेलाको उचित व्यवस्थापन गर्न माग
सोमबार, ३१ भदौ २०८१, १४ : १८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार (किसान) श्रेष्ठले यस वर्ष हुने बाराको गढीमाई मेलामा सबै सांसदलाई निम्ता दिएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मेलाको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘उक्त मेलामा तीनवटै तहका सरकार र सांसदहरूलाई उक्त मेलामा सहभागी हुन चुलै निम्तो दिन चाहन्छु’, श्रेष्ठले भने ।
श्रेष्ठले जबजब गढीमाई मेलाको समय हुन्छ तब विदेशीको इशारामा हिन्दु धर्ममाथि प्रहार गर्नेहरू सलबलाउन थालेको र बलीको विरोध हुने गरेको भन्दै त्यस्तो गर्नेहरूलाई छुट नदिन सरकारसँग माग गरे । उनले अथाह पर्यटकीय सम्भावना बोकेको भन्दै पर्यटनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण