महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन उद्घाटन

काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको रु. १ अर्ब १३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।
सोमबार भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको भारतीय राजदूतावासले जनाएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले भवनको निर्माणमा सहयोग गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित